सर्वोच्चको फुलकोर्ट बैठक सकियो, गोलाप्रथाद्वारा पेसी तोक्ने निर्णय
काठमाडौं, मंसिर २ । सर्वोच्चको फुलकोर्ट बैठक सकिएको छ । बैठकले गोलाप्रथाद्वारा सर्वोच्च अदालको मुद्दाको पेसी तोक्ने निर्णय गरेको छ ।साथै, बैठकले गोला प्रथाद्वारा मुद्दाको पेसी तोक्ने नियमावली र निर्देशिका पनि पारित गरेको छ ।
बैठकका निर्णयलाई प्रधानन्यायाधीश चोरेन्द्रशमशेर राणाले हस्ताक्षार गरेर आजै कानुन मन्त्रालय पठाउने र राजपत्रमा प्रकाशित गर्न तयारी भएको छ ।
प्रधानन्यायाधीश प्रकरणमा विभाजित न्यायाधीशहरु आगामी आइतबारदेखि नियमित इजलासमा बस्ने भएका छन् ।
बिहीबार सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) ले नियमावली संशोधन र त्यससम्बन्धी निर्देशिका पारित गरेपछि असन्तुष्ट न्यायाधीशहरु इजलास बस्ने माहोल तयार भएको हो ।
एक न्यायाधीशका अनुसार नियमावली संशोधन गर्नुपर्ने र गोलाप्रथाबाट इजलास तोक्नेसम्बन्धी माग पूरा भएसँगै आफूहरु आइतबारदेखि नियमित इजलासमा फर्किने तयारीमा रहेको बताए ।











प्रतिक्रिया दिनुहोस्