न्यायको मन्दिरलाई युद्धमैदान बनाइयो, आन्दोलन अझ सशक्त बनाउँछौँ : बार

काठमाडौं, मंसिर २ । नेपाल बार एसोसिएसनले न्यायको मन्दिलाई युद्धमैदान बनाइएको टिप्ण्णी गरेको छ ।

बारको आन्दोलनमा प्रहरी दमन भएको र एसोसिएसन परिसरमा प्रवेश गरी केही व्यक्तिहरूले कानुन व्यवसायीहरूमाथि अपशब्द प्रयोग गरिएपछि यस्तो टिप्पणी गरेको हो।

बिहीबार आफूहरूमाथि दमन गरिएपछि बार पत्रकार सम्मेलन गर्दै न्यायालय परिसरमा अत्याधुनिक हतियारसहितका दंगा प्रहरी प्रवेश गराई दमन गरिएको भन्दै घटनालाई अन्तर्राष्ट्रियकरण गर्ने बताएको छ। साथै उसले प्रधानन्यायाधीशको राजीनामा नआएसम्म आफूहरूको आन्दोलन नरोकिने समेत उल्लेख गरेका छन्।

प्रधानन्यायाधीशबाट न्यायपालिकाको स्वतन्त्रता कायम रहन नसक्ने, भ्रष्टाचाररहित न्यायापालिका बनाउन नसकिने भएकाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले राजीनामा दिनुपर्ने बताउँदै आएको छ।
आफूहरूको शान्तिपूर्ण विरोध कार्यक्रममा प्रवेश गराई प्रधानन्यायाधीशले नै हुलहुज्जत गराएको समेत बारको आरोप छ। आफूहरूको विरोधमा बल प्रयोग गरी अध्यक्ष चण्डेश्वर श्रेष्ठलगायतका अधिवक्ताहरू घाइते भएको बारले जानकारी दिएको छ।

यस्तै बिहीबार भएको घटनाको निष्पक्ष छानबिन गर्न बारले माग गरेको छ। घटनालाई ढाकछोप गर्ने प्रयास गरे कानुन व्यवसायीमाथि भएको दमनलाई अन्तर्राष्ट्रियकरण गर्ने पनि बारले चेतावनी दिएको छ।

गम्भीर घाइते भएका कानुन व्यवसायी प्रकाश महर्जनको टाउकोमा चोट लागेको र उनको हाल अन्नपूर्ण न्युरो अस्पतालमा उपचार भइरहेको बताएका छन्। यस्तै कानुन व्यवसायीहरू सविता भण्डारी, रमनलाल कर्ण, गोपाल सापकोटालगायत थुप्रै सहकर्मीहरू घाइते भएको बारको भनाइ छ।

 

 

प्रतिक्रिया दिनुहोस्