सर्वोच्चको फुलकोर्ट सुरु : के आउला निर्णय ?

काठमाडौं , मंसिर २ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बोलाएको फुलकोर्ट (पूर्णबैठक) सुरु भएको छ। बैठक भर्खरै सुरु भएको सर्वोच्च प्रशासनले जनाएको छ।

प्रधानन्यायाधीश जबराले बिहीबार दिउँसो १ बजेका लागि बैठक बोलाएका थिए। यस्तै नेपाल बार एसोसिसएनले ३ बजे पत्रकार सम्मेलन गर्दैछ।

यता प्रधानन्यायाधीशप्रति असन्तुष्ट न्यायाधीशहरुले गोलाप्रथाको नियमावली र कार्यविधि परिवर्तन गर्ने तयारीमा छन्।न्यायाधीशहरुको बुधबार बसेको बैठकमा गोलाप्रथासम्बन्धी नियमावली र कार्यविधि परिवर्तन गर्ने सहमति भएको थियो।

नियमावली र कार्यविधिमा न्यायाधीशबीच सहमित जुटेको सर्वोच्च अदालतका एक न्यायाधीशले बताए। उनले भने, प्रधानन्यायाधीशप्रति असन्तुष्ट १९ जना न्यायाधीशबीच यस विषयमा सहमति जुटेको छ।

गोलाप्रथा र कार्यविधि पास भएमा दशकौंदेखि प्रधान्यायाधीशले इजालस तोक्ने परम्पराको अन्त्य हुनेछ। यता सर्वोच्च बारका केन्द्रीय सदस्य खीमानन्द अधिकारीले आफूहरुको आन्दोलनमा न्यायाधीशहरु अडिक हुने बताएका छन्। उनले भने, बारको आन्दोलनमा प्रधानन्यायाधीहरुले साथ दिने बताउनु भएको छ। प्रधानन्यायाधीको राजीना नआएसम्म आन्दोलन जारी रहन्छ।

बारले आज पनि सर्वोच्च परिसरमा प्रधान्यायाधीशविरुद्ध धर्ना जारी राखेको छ।

प्रतिक्रिया दिनुहोस्