पहिलो टी–२० मा भारतले न्युजिल्यान्डलाई हरायो
काठमाडौँ ,२ मंसिर । भारतले पहिलो टी–२० अन्तर्राष्ट्रियमा खेलमा न्युजिल्याण्डलाई पाँच विकेटले पराजित गरेको छ ।
टी–२० विश्वकपमा खराब प्रदर्शन गरेपछि पहिलो पटक सिरिज खेलेको भारतले रोमाञ्चक जित हात पारेको हो नयाँ प्रशिक्षक राहुल द्रविड र कप्तान रोहित शर्माको जोडीले पनि खेलको सुरुआत राम्र्रैसँग गरेका छन् ।
जयपुरमा न्युजिल्याण्डले दिएको १६५ रनको लक्ष्य भारतले १९.४ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्यो । जितपछि तीन खेलको सिरिजमा भारतले १–० को अग्रता बनाएको छ ।
भारतको जितमा सूर्यकुमार यादवले सर्वाधिक ६२ रन बनाए । यस्तै कप्तान रोहित शर्माले ४८ रन जोडे । ऋषव पन्त १७ रनमा अविजित रहे ।
न्युजिल्याण्डका ट्रेन्ट बोल्डले दुई विकेट लिए । टिम साउथी, डारेल मिचेल र मिचेल सान्टनरले एकरएक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ६ विकेट गुमाएर १६४ रन बनाएको थियो ।
न्युजिल्याण्डका लागि मार्टिन गुप्टिल र मार्क चापम्यानले अर्धशतक बनाए । ओपनर गुप्टिलले सर्वाधिक ७० रन बनाउँदा मार्क चापमानले ६३ रन जोडे ।
भारतका भुवनेश्वर कुमार रविचन्द्रन आश्विनले दुईरदुई तथा दीपक चाहर र मोहम्मद सिरिजले समान एकरएक विकेट लिए ।
प्रतिक्रिया दिनुहोस्