सर्वोच्चमा प्रहरीको हस्तक्षेप, बारका अध्यक्षसहित १२ वकिलहरु समेत घाइते
काठमाडौँ , २ मंसिर । बिहीबार सर्वोच्च अदालत परिसरमा धर्नामा बसेका नेपाल बार एसोसिएसनका वकिल र प्रहरीबीच झडप भएको छ । झडपमा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित १२ कानुन व्यवसायी समेत घाइते भएका छन् ।
वकिलहरु मुख्य भवनतर्फ प्रवेश गर्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । सो क्रममा दुई पक्षबीच धकेलाधकेल हुँदै झडपसम्मको अवस्था आएको थियो ।
झडपका क्रममा श्रेष्ठलगायत सामान्य घाइते भएका हु्न् । श्रेष्ठले प्रहरीद्धारा लठ्ठीले छातीमा घोचेर ठेलेको बताए । वकिलहरु प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलित छन् ।











प्रतिक्रिया दिनुहोस्