जबरालाई मंसिर ३ गतेभित्र राजीनामा दिन बारको अल्टिमेटम, नदिए कडा विरोध प्रदर्शन गर्ने चेतावनी

काठमाडौं, मंसिर १ । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई मंसिर ३ गतेभित्र राजीनामा दिन अल्टिमेटम दिएको छ ।

बुधबार बारको कार्यालय परिसरमा बोल्दै अध्यक्ष चण्डेश्वर श्रेष्ठले मंसिर ३ गतेभित्र राजीनामा नदिए देशभरका उच्च अदालतमा विरोध प्रदर्शन गर्ने चेतावनी समेत दिएका छन् ।

उनले प्रधानन्यायाधीश जबाराको राजीनामा न्यायालय सुदृढिकरणका लागि भएको बताए ।प्रधान्यायाधीश जबराले जारी गरेको विज्ञप्ति आँखामा धुलो हाल्न ल्याइएको पनि अध्यक्ष श्रेष्ठले बताए ।

प्रधानन्यायाधीश जबरासँग व्यक्तिगत नभएर न्यायालयमा विकृति ल्याएकाले आन्दोलनित हुनुपरेको उनले बताए । जबराले सेवाग्राहीलाई सेवा पाउनबाट वञ्चित गरेको पनि उनले आरोप लगाए ।

यस्तै, अध्यक्ष श्रेष्ठले जबराले गरेका विवादस्पद फैसालबारे पनि बारले अध्ययन गर्ने बताए ।प्रधानन्यायाधीश जबराविरुद्धको तेस्रो चरणको आन्दोलन पनि सुरु भएको उनको भनाइ रहको थियो ।

प्रतिक्रिया दिनुहोस्