थपिए ३७७ कोरोना संक्रमित, ४ जनाको मृत्यु
काठमाडौं, कातिक ३० । नेपालमा कोरोनाभाइरसबाट आज थप ४ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म ११ हजार ४८२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३७७ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख १७ हजार ६७२ पुगेको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ९५ हजार १७४ पुगेको छ ।
हाल संक्रमितमध्ये ७ लाख ९८ हजार ७१४ निको भएको मन्त्रालयले जनाउको छ । हाल देशभर सक्रिय संक्रमित ७ हजार ४७६ जना रहेका छन् ।
यसैबीच पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १४५ जना कोभिड(१९ संक्रमित थपिएका छन् । काठमाडौंमा १०१, भक्तपुरमा ११ र ललितपुरमा ३३ जना संक्रमित थपिएका हुन् ।
हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या एक हजार ५६५ रहेको छ ।
अहिले देशभर ६ हजार ९८४ जना होम आइसोलेसनमा, ४९२ जना संस्थागत आइसोलेसनमा, २१९ जना आईसीयू तथा ५९ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्