देशभर चिसो बढ्दै, बाजुरा, हुम्ला र मुगुवासी बेसी झर्न थाले

काठमाडौं, कातिक ३० । पछिल्लो समय देशभर चिसो बढ्दै जान थालेको छ । गत वर्ष भन्दा यो वर्ष धेरै जाडो हुने मौसमविद्हरुले अनुमान गरेका छन् ।

पहाडि तथा हिमाली जिल्लमा अज धेरै जाडे हुने गर्दछ । यसैबीच यता बाजुराको उत्तरी क्षेत्र, हुम्ला, र मुगुका स्थानीय चिसोका कारण बेसीतिर झर्न थालेका छन् । हिमाली क्षेत्रमा चिसो बढेपछि स्थानीय परिवारसहित भेडा, च्यांग्रा, गाईबस्तु लिएर औलतिर झरेका छन् ।

यहाँका स्थानीयहरू सधैँ हिउँदको समयमा जाँडो छल्न औलतिर लाग्ने गरेका छन् । हिमपातसँगै चिसो बढेपछि कात्तिकको अन्तिम सातादेखि बेसी झर्न लागेको स्थानीय गोलु भोटेले बताएका छन् ।

चिसो सुरु भएपछि दुई सातादेखि हिमाली भेगका प्रायःजसो बस्तीहरूमा हिमपात भई जाडो बढ्ने भएपछि बेसीतिर लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्