अहिलेसम्म कतिले लगाए त कोरोनाविरुद्धको पूर्ण मात्रा खोप ?

काठमाडौं, कात्तिक ३० । नेपालमा अहिलेसम्म ७५ लाख ८० हजार १३३ जनाले कोरोना भाइरसविरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् ।

सोमबारसम्म १५ वर्षमाथिका २ करोड १७ लाख ५६ हजार ७६३ मध्ये ८८ लाख ७६ हजार ३०७ जनाले पहिलो मात्रा खोप लगाएको स्वास्थ्य तथा जनसंख्याम मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा ३४ दशमलब ८ प्रतिशतले पूर्ण र ४० दशमलब ८ प्रतिशतले पहिलो मात्रा खोप लगाइसकेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ करोड ६४ लाख ५६ हजार ४४० मात्रा खोप लगाइसकिएको छ । नेपालमा २०७७ माघ १४ गतेदेखि कोरोना विरुद्धको खोप अभियान शुरु भई सञ्चालन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्