‘विचौलियाका नाइके कुर्सी छोड’ भन्दै प्रधानन्यायाधीशविरुद्ध मंगलबार पनि सर्वोच्चमा प्रदर्शन

काठमाडौँ , कातिक ३० । प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराको राजीनामा माग गर्दै मंगलबार पनि नेपाल बार एसोसिएसनले प्रदर्शन गरेको छ । बार एसोसिएसनको प्रांगणबाट कानुन व्यावसायीहरू सर्वोच्चको मुख्य भवनमुनि बसेर प्रदर्शन गरिरहेका छन् ।

सर्वोच्चका न्यायाधीशहरू नै विभाजित भइरहेका बेला कानुन व्यावसायीहरूले भने आन्दोलन कुनै हालतमा राजीनामा नहुँदासम्म नछोड्ने बताएका छन् । सर्वोच्चमा चोलेन्द्रशमशेर राजीनामा देउ, भ्रष्टाचारका नाईके राजीनामा देउ, विचौलियाका नाइके राजीनामा देउ भन्ने नारा लागिरहेका छन् ।

यतासर्वोच्च अदालत परिसरभित्र वकिलहरु छिर्न क्रममा प्रहरीले उनीहरुको माइक खोसेको छ । नेपाल बार एसोसिएसनको अगुवाइमा भइरहेको प्रदर्शनमा बारको भवनबाट सर्वोच्च छिर्ने क्रममा प्रहरीले माइक खोसेको हो ।

प्रहरीले माइक खोसेपछि वकिलहरुले ‘विचौलियाका नाइके कुर्सी छोड’ भन्दै प्रधानन्यायाधीशविरुद्ध नाराबाजी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्