बार र असन्तुष्ट न्यायाधीशबीच छलफल

काठमाडौँ , २९ कात्तिक । नेपाल बार एसोसिएसनका पदाधिकारी र प्रधानन्यायाधीशसँग असन्तुष्ट न्यायाधीश छलफलमा जुटेका छन् ।

प्रधानन्यायाधीशले नेपाल बारलाई वार्तामा आउन आग्रह गरेपनि अब कसरी अघि बढ्ने भन्नेबारे रणनीति बनाउन बार र न्यायाधीशहरूबीच छलफल भएको हो।

न्यायाधीशहरूले मार्गप्रशस्त गर्नुपर्ने माग गर्दै आएका छन् भने बारले पनि प्रधानन्यायाधीशको राजीनामा नआउँदासम्म आन्दोलन जारी रहने बताएको छ। यहीबीचमा आज प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबार विज्ञप्ति जारी गर्दै वर्तमान परिस्थितिमा देखिएका गतिरोधहरूको सम्बोधनको उपयुक्त विकल्प संवाद नै भएको प्रस्ट पारेका थिए ।

उनले न्यायपालिकाभित्र उत्पन्न गतिरोधका कारण नागरिकहरूका प्रश्न हामीतर्फ नै सोझिएको भन्दै नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बार एशोसिएशनलाई संवादका लागि आह्वान गरेका हुन् । तर प्रधानन्यायाधीशको आह्वान लगत्तै नेपाल बारको बैठकले प्रधानन्यायाधीशसँग वार्ता नगर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्