नेपाली काँग्रेस मोरङद्वारा उम्मेदवारको नाम सिफारिस

काठमाडौं । नेपाली काँग्रेस मोरङले प्रतिनिधिसभा, प्रदेश र समानुपातिक गरी २२८ जना आकांक्षी उम्मेदवारको नाम सिफारिस गरेको छ ।

६ वटा संसदीय क्षेत्र र १२ वटा प्रदेश रहेको मोरङ जिल्लाका लागि नेपाली काँग्रेस जिल्ला कार्य समितिको शनिबार बसेको बैठकले क्षेत्र नं– १ बाट पार्टी सभापति डिगबहादुर लिम्बू र क्षेत्र नं ५ बाट अमृत अर्यालको नाममा सर्वसम्मत निर्णय गरेको छ ।

जिल्लाका छवटै क्षेत्रबाट संसदीय क्षेत्र, समानुपातिक, प्रदेशको प्रत्यक्ष र समानुपातिकका लागि आएका नामलाई बैठकले अनुमोदन गरी केन्द्रमा सिफारिस गरिएको स्रोतले जनाउको छ ।

त्यस्तै क्षेत्र नं १ बाट प्रत्यक्षका लागि एकमात्र डिगबहादुर लिम्बू छन् भने समानुपातिक र दुई वटा प्रदेशको प्रत्यक्ष र समानुपातिकका लागि २० जनाको नाम सिफारिस गरिएको छ ।

क्षेत्र नं २ बाट सुजाता कोइराला, डा मीनेन्द्र रिजाल र काशिरामलाई सिफारिस गरिएको छ । सो क्षेत्रबाट समानुपातिकसमेत गरी ३७ जनाको नाम सिफारिस गरिएको छ । क्षेत्र नं ३ बाट सुनीलकुमार शर्मा, मानबहादुर लिम्बू, भौसीदेवी खवास र समानुपातिकसमेत गरी २८ जना सिफारिस गरिएको छ
क्षेत्र नं–४ बाट महेश आचार्य, दिलीप गच्छदार र डा मीनेन्द्र रिजाल र समानुपातिकसमेत गरी ३५ जनाको नाम सिफारिस गरिएको छ ।

त्यसैगरी क्षेत्र नं ५ बाट प्रत्यक्षतर्फ एकमात्र अमृत अर्याल छन् भने समानुपातिकसमेत गरी ३९ जना सिफारिस गरिएको छ र क्षेत्र नं ६ बाट डा शेखर कोइराला, रमेशजङ्ग रायमाझी, डा डीला संग्रोला र अशोक कोइरालाको नाम सिफारिस गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्