प्रज्ञा प्रतिष्ठानले ऐतिहासिक काम गरिरहेको छ : प्रधानमन्त्री देउवा
काठमाडौं, कातिक २८ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली पौरख र नेपाली गौरवभित्र लुकेर बसेका सम्पदाहरुको खोजी र प्रकाशन आजको आवश्यकता भएको बताएका छन्।
आइतबार नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञ सभाको ३६ औं बैठक उद्घाटन कार्यक्रममा प्रधानमन्त्री देउवाले यसतो बताएका हुन् ।
आगामी दिनमा प्रतिष्ठानले प्राज्ञिक अध्ययन–अनुसन्धानबाट नेपालको विविध भाषाभाषी, जातजाती, समुदायका मौलिक संस्कृति–कलाहरुलाई समेटेर उनीहरुको संरक्षण, संवर्द्धन र उन्नतिका क्षेत्रमा थप प्रयास गर्ने विश्वास उनले व्यक्त गरे।
प्रधानमन्त्री देउवाले नेपाल प्रज्ञा प्रतिष्ठानले भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र लगायतका विषयहरुमा केन्द्रित रहेर अध्ययन, अनुसन्धान, गोष्ठी, सम्मेलन, कार्यशाला प्रकाशनका माध्यमबाट राष्ट्रियताको लागि र राष्ट्रिय आकांक्षा परिपूर्तिका लागि ऐतिहासिक काम गरिरहेको दाबी गरे।
प्रधानमन्त्री देउवाले नेपाल प्रज्ञा प्रतिष्ठानले नेपालको भाषा, साहित्य, संस्कृतिलाई विश्वसामु चिनाउनुपर्ने पनि बताए। उनले देश भौतिक रुपमा जति नै सम्पन्न भए पनि देशको सांस्कृतिक पक्ष कमजोर भएमा अपेक्षित सफलता हात पार्न नसक्ने बताए।















प्रतिक्रिया दिनुहोस्