इक्वेडरको जेलभित्रै फेरि झडप, ६८ जनाको मृत्यु
काठमाडौँ , २८ कात्तिक । इक्वेडरको एक जेलभित्र हानाहान हुँदा कम्तीमा ६८ जना बन्दीको मृत्यु भएको छ । त्यस्तै, २५ जना घाइते छन् । यसअघि यही जेलमा गत सेप्टेम्बरमा दुई प्रतिस्पर्धी ग्याङका सदस्यहरूबीच हानाहान हुँदा एक सयभन्दा धेरै बन्दी मारिएका थिए ।
गुआयाक्विल शहरस्थित लिटोरल पेनिटेन्टियरी जेलमा भिडन्त शुक्रबार बिहान भिडन्त सुरु भएको थियो । प्रहरीले जेलभित्र बन्दुक र विस्फोटक पदार्थहरू भेटिएको जनाएको छ । इक्वेडरमा यस वर्ष धेरै जेलहरुमा भिडन्त भइसकेको छ ।
त्यसक्रममा झन्डै ३ सय बन्दीहरू मारिएका छन् । गत सेप्टम्बरमा भएको हमला अहिलेसम्मकै सबैभन्दा खराब थियो । यतिबेला एक ग्याङका सदस्यले अर्को ग्याङका सदस्यमाथि हमला सुरु भएपछि अवस्था नियन्त्रणमा लिनका लागि जेलभित्र सयौँ प्रहरी अधिकारीहरू खटाउनुपरेको थियो ।
प्रतिक्रिया दिनुहोस्