जबरालाई भूमिका दिने कुनै पनि कदम स्वीकार्य हुन्न : शाक्य

काठमाडौँ , २८ कात्तिक। सर्वोच्च अदालत नेपाल बार एशोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको भूमिकालाई मान्यता दिने कुनै पनि कदम आफूहरुलाई स्वीकार्य नहुने बताएका छन् ।

जबराले तोकेको इजलास बहिस्कार गरेका सर्वोच्च अदालतका न्यायाधीशहरुबीच १९ जनाको बैठकबाट नियमावली संशोधन गर्ने र पेशी तोक्न गोलाप्रथा लागू गर्ने विषयमा छलफल भएको थियो । त्यसतर्फ संकेत गर्दै शाक्यले प्रधानन्यायाधीश जबरालाई कुनै पनि भूमिकामा स्वीकार नगर्ने बताए ।

सर्वोच्च अदालत परिसरमा धर्ना बसेका कानुन व्यवसायीहरुलाई सम्बोधन गर्दै वरिष्ठ अधिवक्ता समेत रहेका शाक्यले भने, ‘यो ब्याक गियर नभएको आन्दोलन हो । उहाँको कुनै रोललाई मान्यता दिएर यो आन्दोलनलाई तुहाउन दिन्नौं ।’

प्रतिक्रिया दिनुहोस्