प्रधानन्यायाधीश जबरा वैकल्पिक गेटबाट सर्वोच्चभित्र प्रवेश

काठमाडौँ , २८ कात्तिक । कानून व्यवसायीहरुको प्रदर्शनको बाबजुद प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालतभित्र प्रवेश गरेका छन् ।

उनी एक नम्बर गेट प्रयोग गरेर सर्वोच्च अदालतभित्र प्रवेश गरेका हुन् । एक नम्बर गेटमा प्रहरीले कानून व्यवसायीहरुलाई धर्ना दिन रोक लगाएको छ ।

कानून व्यवसायीहरू अर्को मुख्य गेटमा धर्नामा बसेका छन् ।

प्रतिक्रिया दिनुहोस्