सर्वोच्चमा आइतबार १० इजलास तोकियो,प्रधानन्यायाधीशको बेञ्च तोकिएन

काठमाडौँ , २८ कात्तिक । सर्वोच्च अदालतमा आइतबार १० वटा इजलास तोकिएको छ । जसमाध्य कुनै पनि इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा भने छैनन् ।

नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालतमा प्रवेश गर्न नदिने गरी आइतबार घेराउ गर्दैछ । बारले बन्दी प्रत्यक्षीकरणबाहेकका कुनै पनि मुद्दाको बहसमा सहभागी नहुने निर्णय गरिसकेको छ ।

सर्वोच्च अदालतका अन्य न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरणका मुद्दामात्र हेर्ने घोषणा गरे पनि आइतबार विभिन्न प्रकारका मुद्दालाई समेटेर इजलास गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्