कांग्रेस महाधिवेशन : पैडेल समुहमा लफडा

काठमाडौं, कातिक २७। नेपाली कांग्रेसको महाधिवेशन नजिकिएसंगै आकांक्षीहरुले दौडधुप सुरु गरेका छन् । १४ औँ महाधिवेशनबाट पार्टी सभापति शेरबहादुर देउवालाई पाखा लगाउने प्रतिबद्धतासहित संस्थापन इतर पक्ष लागिपरेको छ भने सभापति देउवा आफ्नो पद सुरक्षीत राख्ने कसरतमा छन् ।

अघिल्लो निर्वाचनमा भोगेको पराजयको बदला लिनुपर्ने समय पनि कांग्रेसलाई छ । महाधिवेशन र निर्वाचन दुवै नजिकिएकाले केही नेताहरु अलमलमा छन् । केहीले भने महाधिवेशनको प्रचारप्रसारलाई नै आगामि निर्वाचनको गृहकार्यका रुपमा सदुपयोग गरेका छन् । देउवाकै कारण अघिल्लो निर्वाचनमा पराजय भोग्नुपरेको संस्थापन इतरपक्षका नेताहरुले आरोप लगाएका छन् ।

पार्टीलाई सहिदिशा दिनपनि देउवाको विकल्प खोज्न कस्सिएका नेताहरु अन्तत : फुटको संघारमा पुगेका छन् । देउवाका विकल्पमा इतरपक्षबाट एकमात्र उमेद्वार उठाउने निष्कर्ष निकालेका नेताहरुलाई उमेद्वार चयन गर्न हम्मे हम्मे परेको छ । आफु बाहेक अरुलाई उमेद्वार स्विकार्न नसक्ने नेताहरुको अडानले संस्थापनइतरपक्ष फुट्न थालेको छ ।

प्रकाशमान इतरपक्षबाट बाहिरीय

लामो समयसम्म वरिष्ठ नेता रामचन्द्र पौडेललाई सहयोग गर्दै आएका पूर्वमहामन्त्री प्रकाशमान सिंह अब पौडेल समुहबाट अलग्गिएका छन् । आफुलाई सभापतिमा समर्थन गरेमात्र गुटमा सहभागि हुने उनको अडान छ । उनले हिजो पैडेल समुहको बैठक समेत बहिस्कार गरेका छन् ।

इतर समुहमा विरासतको लडाइ

रामचन्द्र पौडेल लामो समयदेखि सभापतिको दौडमा रहेका छन् । उनले आफुलाई युवा पुस्ताले सहयोग गर्नुपर्ने बताउदै आएका छन् । तर युवा पुस्ताका सभापतिका आकांक्षीहरुले भने अब नेतृत्व युवामा आउनुपर्ने बताउदै पौडेललाई समर्थन जनाउन नसक्ने प्रतिकृया दिएका छन् । मुख्य झमेला प्रकाशमान सिंह , शशांक कोइराला र शेखर कोइलामा देखिएको छ । यि तिनै नेता पछाडी नहट्ने अडान लिएपछि पौडेल समुह फुट्ने खतरा बढेको हो ।

नेतृत्वका आकांक्षी तथा वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ–१ बाट प्रतिनिधिसभा सदस्य बन्न नसकेपछि उनका लागि पनि कांग्रेसको नेतृत्व गर्नु सहज देखिँदैन । पार्टी राजनीतिमा सक्रिय रहेका डा. शेखर, र महामन्त्री शशांक कोइरालातिर कतिपय नेता-कार्यकर्ताको नजर परेको पाइन्छ ।

पार्टीका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाका कनिष्ठ पुत्र डा. शशांक कोइराला यति बेला पार्टी महामन्त्रीको हैसियतमा छन् भने कोइराला परिवारमा निरन्तर क्रियाशील केशव कोइरालाका छोरा डा. शेखर कोइराला पनिपार्टीमा सकृय छन् । यि दुवैले पार्टीको सभापतिमा दाबी गरिरहेका छन् । दुवैलाई आफ्नो पुस्तेनी विरासत जोगाउन दबाब छ । उनिहरु द्युवै जना पछाडी नहट्ने अडानमा छन् ।

यता सर्वोच्च नेता तथा लौहपुरुष गणेशमान सिंहका छोरा प्रकाशमानले आफुलाई सभापतिको साझा उमेद्वार नबनाएपछि गुटबा नै अलग भएका छन् । कोइराला र सिंहको विरासतको चेपुवामा पौडेल समृह परेको नेताहरुले बताएका छन् ।

शशांक भन्छन् सहमति गर्नुपर्छ

महामन्त्री शशांक कोइरालाले समुहभित्रको फुटले कसैलाई फाइदा नहुने बताएका छन् । आफूहरुका तर्फबाट महाधिवेशनमा एकमात्रै सभापतिको उम्मेदवार नभए देउवालाई सहज हुने उनको तर्क छ । कोइरालाले चार जना आकांक्षीहरुबीच एकताबद्ध भएर एकमात्रै उम्मेदवार बन्ने सहमति कायमै रहेको बताए । ‘एक जनामात्रै उम्मेदवार हुनुपर्छ भन्नेमा सबै जना सहमत नै हुनुहुन्छ । तर, को हुने ? भन्ने अझै पनि छलफलकै विषय हो ।

अहिले नै भन्न सकिने अवस्था त छैन । हामीहरुमध्ये एक जनामात्रै उम्मेदवार नभए त हामीले फेरि शेरबहादुर देउवाजीलाई बुझाइदिए हुन्छ ।’ कांग्रेसको १४ औं महाधिवेशन मंसिर २४–२७ सम्म काठमाण्डुमा गर्ने कार्यतालिका छ । आसन्न महाधिवेशनमा कांग्रेस सभापतिमा शेरबहादुर देउवा आफैँ दोहोरिन चाहेका छन् भने उनलाई उपसभापति विमलेन्द्र निधिले चुनौती दिइरहेका छन् । पौडेल समूहबाट भने वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइराला सभापतिका आकांक्षी छन् ।

प्रतिक्रिया दिनुहोस्