प्रचण्ड अस्पताल भर्ना

काठमाडौं, कात्तिक २७ । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्पताल भर्ना भएका छन् ।

स्वास्थ्यमा समस्या आएपछि उनी ललितपुरस्थित मेडिटिसिटी अस्पतालमा भर्ना भएका हुन् ।

उनको स्वास्थ्यमा समस्या देखिएपछि महोत्तरीमा आज हुने भनिएको निर्धारित कार्यक्रमहरु स्थगित गरिएको थियो । उनलाई बिहानैदेखि खुमलटारस्थित निवासमा चिकित्सकहरुले निगरानीमा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्