कानुन व्यवसायीले आइतबार पनि सर्वोच्चमा धर्ना दिने

काठमाडौं, कात्तिक २७ । नेपाल बार एशोसियसनले आइतबार पनि सर्वोच्च अदालतको मुलगेट अगाडि धर्ना दिने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएको बारले जबरालाई सर्वोच्चमा प्रवेश निषेध गर्ने जनाएको छ ।

प्रधानन्यायाधीशले राजीनामा नदिँदासम्म आन्दोलन जारी रहने बारका महासचिव अधिवक्ता लीलामणी पौडेलले बताए । एशोसिएसन अध्यक्ष अधिवक्ता चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश राजीनामाको विकल्प नभएको बताए । उनले भने, न्यायीक क्षेत्रको विचलनमा प्रधानन्यायाधीशको पनि भूमिका देखिएको छ। उहाँको राजीनामा नै हाम्रो बटम लाइन हो । ’ आइतबार बिहान १० देखि ११ बजेसम्म सर्वोच्चको मुलगेट अगाडि धर्ना दिने कार्यक्रम तय भएको छ ।

बारले कानुन व्यवसायीहरुलाई आइतबार बिहान ९ बजे बारमा उपस्थित हुन आह्वान गरेको छ । १९ न्यायाधीशहरुले बन्दी प्रत्यक्षीकरणको मुद्दा हेरेका छैनन् तर, प्रधानन्यायाधीशले इजलास तोक्दै आएका छन् । कानुन व्यवसायीहरुले बहस पैरबी नगर्ने घोषणा गरिसकेका छन् । शुक्रबार कानुन व्यवसायीहरुले सर्वोच्चको मुल गेट अगाडि धर्ना दिएपछि अर्को गेटबाट प्रधानन्यायाधीश सर्वोच्च प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्