गणतन्त्र विरुद्ध मोर्चाको माइतीघरमा वृहत प्रदर्शन, “देश संकटमा पर्याे”

काठमाडौं । काठमाडौंको माइतीघरमा शुक्रबार संयुक्त राष्ट्रिय जन आन्दोलन मोर्चाले वृहत प्रदर्शन गरेको छ । सर्वोच्च अदालतभित्रको विवाद, पेट्रोलियम पद्धार्थमा भएको मुल्य वृद्धि, सरकारले गरेको लगत क्रियाकलापका विरुद्ध मोर्चाले आफ्ना मागलाई जनतामाझ पुर्याउने उद्येश्यले कार्यक्रम आयोजना गरिएको मोर्चाका अध्यक्ष तारानाथ लुइटेलले बताए ।

लुइटेलले मोर्चाले जनताको पक्षमा सधैं आवाज उठाइरहेकोले सबैको समर्थन पाउने विश्वास व्यक्त गरेका छन् । ‘देश संकटमा परेको बेला कोही न कोहीले नेतृत्व लिनुपर्छ भनेर म अघि बढेको हुँ’ उनले भने ‘हामीले उठाएका माग देश र जनताको पक्षमा छ, जसले बुझेको छ उसको राम्रो समर्थन पाउँछौं ।’
गत भदौमा स्थापना गरिएको मोर्चाले पटक पटक विभिन्न कार्यक्रम गर्दै आइरहेको छ । ‘यो देशलाई यत्तिकै छोडिदिने हो भने देश बर्बाद हुन्छ त्यसैले पनि देश बचाउने कार्यक्रम हो यो’ लुइटेलले भने ‘मोर्चामा विभिन्न संघसंस्था र समूहको संलग्नता रहेको छ, सुरुका दिनमा जुन लक्ष्य लिएका थियौं हामी क्रमशः अघि बढिरहेका छौं ।’ लुइटेलले गणतन्त्रले जनताको पक्षमा काम नगर्ने बताए । गणतन्त्र सुरु भएको १३ वर्षसम्म जनताले कुनै राम्रो अनुभूति गर्न नपाएको दाबी गरे । ‘राजसंस्था हटाएर गणतन्त्रले के के न गर्ला भन्ने सोचेका थिए, केही समय हेरौं भनियो तर हेरिसक्नु भएन’ उनले भने ‘राजसंस्था नै अन्तिम विकल्प हो भन्ने सबैले बुझेका छन् तर सडकमा आउन सकेका छैनन् ।’

मोर्चाले आगामी दिनमा प्रदेश र जिल्ला समिति पनि गठन गर्ने जनाएको छ । मोर्चाले संवैधानिक राजसंस्था, वैदिक सनातन हिन्दु अधिराज्य र अखण्ड नेपाललाई प्रमुख एजेण्डा बनाएको छ । लुइटेलले दलहरु देश र जनताको हितमा केन्द्रित हुन नसकेकाले राष्ट्रियताको रक्षाको लागि आफूहरु एकजुट हुनुपरेको जनाएका छन् । मोर्चाले महँगी, भ्रष्टाचार, बेथितिको बारेमा पनि आवाज उठाउँदै आएको छ ।

कार्यक्रममा नेपाली काँग्रेस बि.पीका महामन्त्री देवेन्द्र पौडेल, महँगीले जनता आक्रान्त भइरहेको बेला सरकारले अनुगमन गर्नुको सट्टा कालाबजारी गर्नेलाई प्रोत्साहन गरेको लगाए । उनले भने ‘ देशको रक्षाको लागि सबैले व्यक्तिगत र पार्र्टीगत भावना छोडेर राष्ट्रिय आन्दोलनमा सहभागिता जनाउनुको विकल्प नरहेको बताए । उनले भने ‘अब राजनीतिभन्दा माथि उठेर सबै एकजुट भएनौं भने देश बचाउन सकिँदैन ।’

कार्यक्रममा वरिष्ठ अधिवक्ता विष्णु भटट्राईले नेपाल बार र न्यायलयमा भएको आन्दोलले न्यलयप्रति जनताको विश्वा र आस्थामाथी नै प्रश्न उठेको बताए । उनले भने, ‘न्यालयमालाई विवादमा ल्याउनु वा तानीनु भनेको न्यायलयमाथि आक्रमण हो । यसले अदालतप्रति जनताको आस्था र विश्वासमा आँच आउँछ ।’
कार्यक्रममा मोर्चाका नेता कैलाश गुरुङ्गलगायत राष्ट्रवादी नेताहरुले आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रम सञ्चालन सृजना वाग्लेले गरेकी थिइन् ।

कार्यक्रममा दवावको शासन अन्त्य गर । विधिको शासन कायम गर । बेन्च वहिष्कार बन्द गर । जस्ता नारा लगाई राष्ट्रिय झण्डा फहराई प्रदर्शन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्