एमालेले सार्वजनिक गर्‍यो दशौँ राष्ट्रिय महाधिवेशनको लोगो, गैँडाको हातमा झन्डा

काठमाडौं, कात्तिक २६ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गरेको छ।

शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा पार्टीको १० औं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन कमिटीको पत्रकार सम्मेलनमा महासचिव ईश्वर पोखरेलले लोगो सार्वजनिक गरेका हुन्। महाधिवेशनको लोगोमा गैँडाले पार्टीको झन्डा बोकेको देख्न सकिन्छ ।

त्यस अवसरमा पार्टीका कार्यालय सचिव शेरबहादुर तामाङले ई-सेवामार्फत् पार्टीका हरेक सदस्यहरुलाई एक सय रुपैयाँ महाधिवेशनका लागि आर्थिक सहायता प्रदान गरिने तरिकाबारे जानकारी गराए।

एमालेको राष्ट्रिय महाधिवेशन यही मंसिर १०, ११ र १२ गते चितवनमा आयोजना हुँदैछ। महाधिवेशनमा १९९९ जना प्रतिनिधिहरू सहभागी हुनेछन्। त्यसका लागि शनिबार देशभर प्रतिनिधि चयन हुँदैछन्।

 

प्रतिक्रिया दिनुहोस्