थप ३१७ जनामा कोरोना संक्रमण पुष्टि, ६ जनाको मृत्यु

काठमाडौं, कात्तिक २५ । नेपालमा फेरि कोरोना भाइरसका संक्रमित बढेका छन् । पछिल्लो २४ घण्टामा देशभर ३१७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने २७९ जना निको भएका छन् ।

यस्तै ६ जनाको मृत्यु समेत भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हाल देशभर ७ हजार ५३५ जना सक्रिय संक्रमित रहेका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख १६ हजार ६० जना र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९४ हजार ९९५ जना कुल संक्रमित रहेका छन् ।

संक्रमितमध्ये हालसम्म ७ लाख ९७ हजार ५९ जना निको भएका छन् भने कुल ११ हजार ४६६ जनाको मृत्यु भएको छ ।  पछिल्लो २४ घण्टामा १२ हजार ६५३ जनामा कोरोना परीक्षण भएको थियो ।

प्रतिक्रिया दिनुहोस्