प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेशमा रोक लगाउने नेपाल बारको घोषणा

काठमाडौं, कातिक २५ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउने नेपाल बारले घोषणा गरेको छ।

बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले शुक्रबार १० बजे अधिवक्ताहरू अदालतमा उपस्थित भएर जबरालाई अदालत प्रवेश गर्न रोक्ने बताए।

बारको आन्दोलनमा आज प्रहरीले हस्तक्षेप गरेको थियो। सर्वोच्च अदालतमा वकिल र प्रहरीबीच भएको झडपमा बारका महासचिव लीलामणि पौडेलसहितका अधिवक्ता घाइते भएका छन्।

शुक्रबारबाट आन्दोलनको स्वरूप फेरिने सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले बताए। प्रधानन्यायाधीशको भौतिक उपस्थिति रोक्न उपत्यकालगायतका कानुन व्यवसायीलाई परिचालन गर्ने उनले बताए।

प्रतिक्रिया दिनुहोस्