देउवाप्रति कमल थापाको आक्रोश : ‘राजा विरुद्ध आक्रोश होईन, सुशासन दिनुहोस्’

काठमाडौं,   कातिक २४ । । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई गाली नगर्न प्रधानमन्त्री शेर बहादुर देउवालाई आग्रह गरेका छन् ।

प्रधानमन्त्री देउवाले बुधबार गणेशमान सिंह तथा जनआन्दोलन शहीद स्मृति शान्ति प्रतिष्ठानले शान्ति वाटिकामा आयोजना गरेको कार्यक्रममा प्रजातन्त्रको खिलाफमा नलाग्न पूर्वराजा ज्ञानेन्द्रलाई भनेलगत्तै थापाको प्रतिक्रिया आएको हो ।

थापाले सामाजिक संजालमार्फत राजाविरुद्ध आक्रोश होइन सुशासन दिन भनेका छन् । उनले लेखेका छन्,‘प्रम देउवालाई आग्रहः राजा विरुद्ध आक्रोश होईन, सुशासन दिनुहोस् ।न्यायालय हडतालमा छ, संसद अवरुद्ध छ, सरकार

भ्रष्टाचार/सर्वसत्तावादमा लिप्त छ, धर्मपरिवर्तन व्यापक भएको छ, रोजगारीको खोजीमा ४०लाख युवा विदेश पलायन भएका छन्। संघीय गणतन्त्र असफल भैसक्यो। राजालाई गाली गरेर राज गर्ने जमाना अब छैन ।’

प्रतिक्रिया दिनुहोस्