चीन–भारतसहित ६२ दललाई एमालेले पठायो महाधिवेशनको निम्तो

काठमाडौं , कात्तिक २४ । नेकपा एमालेले यति बेला महाधिवेशनको तयारीमा जुटेको छ । आगामी मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा महाधिवेशन हुने भएको छ ।

यसमा सहभागीका लागि एमालले छिमेकी देशसहित विभिन्न देशका ६२ वटा राजनीतिक दलहरूलाई निम्तो पठाएको छ ।

चितवनमा हुने दसौँ राष्ट्रिय महाधिवेशनमा भारत चीन लगायत विभिन्न देशका ६२ वटा राजनीतिक दललाई अतिथिका रूपमा निम्तो पठाएको एमाले केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।

पार्टीको महाधिवेशनमा विदेशी अतिथि बोलाउने परम्परा अनुसार नै विभिन्न देशका राजनीतिक दलहरूलाई निम्तो पठाइएको उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्