बिहीबारदेखि जनगणना हुँदै, नेपालको जनसंख्या तीन करोड नपुग्ने
काठमाडौं, कातिक २४ । केन्द्रीय तथ्याङ्क विभागले नेपालको जनसंख्या तीन करोड नपुग्ने अनुमान गरेको छ।
विभागले बिहीबारदेखि हुने जनगणनाको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा नेपालको जनसंख्या तीन करोड नपुग्ने अनुमान गरेको हो।
विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले तीन करोड जनसंख्या नपुग्ने अनुमान गरिएको बताए। उनले नेपालको जन्मदर कम हुँदै गएको र विदेश पलायन पनि बढेकाले जनसंख्याले तीन करोडको आँकडा पार नगर्ने बताएका छन्।
राष्ट्रिय जनगणनाको बाह्रौं श्रृंखला बिहीबार बिहान १० बजे राष्ट्रपति विद्यादेवी भण्डारीले सुरु गर्ने भएकी छन्। नेपालमा हरेक दश वर्षमा गरिने राष्ट्रिय जनगणना गर्ने चलन छ। वि।सं। १९६८ देखि नेपालमा जनगणना हुने गरेको छ।
यसको बाह्रौं श्रृंखला कात्तिक २५ देखि मंसिर ९ गतेसम्म सञ्चालन हुने श्रेष्ठले बताएका छन्।











प्रतिक्रिया दिनुहोस्