प्रदेश १, कर्णाली र सदूरपश्चिमका प्रदेश प्रमुख फेरिए

काठमाडौं , कातिक २३ । सरकारले प्रदेश १, कर्णाली र सदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख फेर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ३ वटा प्रदेशमा प्रदेश प्रमुख परिवर्तन गर्ने निर्णय गरेको हो । बैठकले प्रदेश १ मा पर्शुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिममा देवराज जोशीलाई प्रदेश प्रमुखमा सिफारिस गरेको छ ।

खापुङ जनता समाजवादी पार्टीको कोटाबाट नियुक्त भएका हुन् भने परियार माओवादी केन्द्रबाट । जोशी नेपाली कांग्रेसका पूर्व सांसद पनि हुन् ।

मन्त्रिपरिषद्ले प्रदेश १ का सोमनाथ अधिकारी,कर्णाली प्रदेशका गोविन्दप्रसाद कलौनी र सुदूरपश्चिमका प्रदेश प्रमुख गंगाप्रसाद यादवलाई हटाउने निर्णय गरेको हो।

 

प्रतिक्रिया दिनुहोस्