थप ४६९ जनामा कोरोना संक्रमण पुष्टि, ११ जनाको मृत्यु
काठमाडौ, कातिक १६ । नेपालमा पछिल्लो २४ घण्टामा ४६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार ११५ जनाको पीसीआर परीक्षणमा ४२२ र ३ हजार १७२ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ४७ जनामा कोरोना पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट ५५५ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।
निको हुने दर ९७ दशमलब ५ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्