बजारमा तिहारको चहलपहल बढ्यो, देउसी–भैलोबारे निर्णय गर्न उपत्यकाका सीडीओहरूको बैठक बस्दै
काठमाडौं , कात्तिक १६ । हिन्दु नेपालीकोहरु दोस्रो ठुलो चाड तिहार आजबाट सुरु भएको छ । तिहार सुरु भएसँगै बजारमा चहलपहल पनि ढ्न थालेको छ । राजधानीका असन, इन्द्रचोकलगायतका स्थानमा तिहारका लागि आवश्यक पर्ने सरसामाग्री किन्नेको घुइँचो देख्न सकिन्छ । तिहारको बेला ढाका टोपी, झिलिमिली बत्ती, भाइमसला, लत्ताकपडा, सप्तरंगी टीकालगायतको राम्रो व्यापार हुने व्यवसायीहरु बताउँछन् ।
यसैबीच यता तिहारमा खेलिने देउसी र भैलोबारे निर्णय गर्न काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ । कोभिड–१९ संक्रमण कायमै रहेको अवस्थामा देउसी भैलो खेल्नेबारे निर्णय गर्न मंगलबार बैठक बस्न लागेको ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले रातोपाटीलाई बताए । बैठकमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजाल, ललितपुरका घनश्याम उपाध्याय र भक्तपुरकी प्रजिअ रुद्रादेवी शर्मा सहभागी हुनेछिन् ।
कोरोना संक्रमण फैलन नदिन स्वास्थ्य मापदण्ड पालना गर्नेगरी देउसी र भैलो खेल्न अनुमती स्थानिय प्रशासनको तयारी छ । उपत्यकामा देउसी भैलो खेल्नका लागी कस्तो मापदण्ड बनाउने भनेर प्रमुख जिल्ला अधिकारीहरुहरुले गृहमन्त्रालयसँग समन्वय गरेर निर्णय लिने भएका छन् ।
यसैबीच कास्कीमा राति १० बजेसम्म मात्र देउसी भैलो खेल्न दिने निर्णय गरिएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले कोरोना संक्रमण दर अपेक्षित नघटेको भन्दै सम्पुर्ण स्वास्थ्य मापदण्ड पालना गरेर राति १० बजेसम्म मात्र देउसी र भैलो खेल्न दिने निर्णय गरेको छ ।
प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपाली हिन्दुहरूको दोस्रो ठूलो चाड तिहार मंगलबारदेखि सुरु भएको हो । जसअनुसार मङ्गलबार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने छ । तर काग र कुकुर तिहार कात्तिक १७ गते बुधबार परेको छ भने भाइटीका कात्तिक २० गते शनिबार परेको छ ।
प्रतिक्रिया दिनुहोस्