प्रधानन्यायाधीशविरुद्ध तेस्रो दिन पनि बारको धर्ना, आन्दोलन जारी
काठमाडौं, कातिक १६ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले तेस्रो दिन पनि धर्ना दिएको छ। नेपाल बारको आह्वानमा कानुन व्यवसायीहरूले सर्वोच्च बार परिसरमा धर्ना दिइरहेका छन्।
सयौँको संख्यामा कानुन व्यवसायीहरू धर्नामा बसेका छन्। बारले प्रधानन्यायाधीश जबरालाई राजीनामाका लागि अल्टिमेटमसहित आइतबारबाट धर्नाको कार्यक्रम घोषणा गरेको थियो। जबराको राजीनामा आफूहरूको बटमलाइन रहेकाले राजीनामा नआएसम्म चरणबद्ध आन्दोलनका कार्यक्रम जारी राख्ने बारले जनाएको छ।
धर्नाका क्रममा मंगलबार युवा कानुन व्यावसायीहरूले सम्बोधन गर्दै कुनै पनि हालतमा जबराको राजीनामा बाहेक अन्य विकल्प नमान्ने उद्घोष गरेका छन् ।
प्रधानन्यायाधीश जबराले सम्मानजनक बहिर्गमनको प्रस्ताव राख्दै न्यायाधीश र बारमा समेत फुट ल्याउने कोसिस गरिररहेको कुनै पनि सर्तमा सम्झौता नगर्ने उनीहरूले उल्लेख गरेका छन् । उनीहरूले न्यायालयमा संकटको यो अवस्थामा दलहरूले मौनता साँधेकोमा आपत्ति जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्