आज राजेन्द्र राईले मुख्यमन्त्रीको सपथग्रहण गर्दै
काठमाडौँ , १६ कात्तिक । पाँच दलीय गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राई आज प्रदेश १ को तेस्रो मुख्यमन्त्री बन्दैछन् । एकीकृत समाजवादीको प्रदेश १ संसदीय दलका नेता राईले आजै दिउँसो सपथग्रहण गर्नेछन् ।
सोमबार एमाले नेता भीम आचार्यले मुख्यमन्त्री राजीनामा दिएलगतै प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले संविधानको धारा १६८ को २ बमोजिम सरकार गठनका लागि आह्वान गरेका थिए । सोमबार नै पाँच दलीय गठबन्धनका ४९ सांसदको हस्ताक्षरसहित राईले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । मंगलबार १ बजेसम्म दाबी पेस गर्ने समय भएका कारण त्यसपछि मात्रै सपथग्रहण गर्ने तयारी छ ।
मुख्यमन्त्रीसँगै गठबन्धनको तर्फबाट केही सांसदले सपथग्रहण गर्नेछन् । नेकपा (माओवादी केन्द्र)प्रदेश १ सांसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सानो आकारको मन्त्रीमण्डल बन्ने बताए ।









प्रतिक्रिया दिनुहोस्