सानिमा बैंकको १७औं साधारण सभा सम्पन्न

काठमाडौं, १५ कार्तिक । सानिमा बैंक लिमिटेडले कार्तिक १४ गते आईतबारका दिन १७औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गरेको छ ।
कोभिड १९ भाइरसको संक्रमणलाई ध्यानमा राख्दै सुरक्षा सावधानीका उपायहरु अपनाइ शेयरधनीहरुको उपस्थितिमा बैठक सम्पन्न गरिएकोृृ हो । साथै अधिकतम शेयरधनीहरुको उपस्थितिको लागि भर्चुअल माध्यमको व्यवस्था पनि गरिएको थियो ।

बैंकका अध्यक्ष विनय कुमार श्रेष्ठको अध्यक्षतामा भएको उक्त सभाले संचालक समितिले प्रस्ताव अनुसार हालको चुक्ता पँुजीको १७ प्रतिशत बोनस शेयर र ०.८९४७ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । संस्थापक समूहको तर्फबाट संचालक समितिमा तुक प्रसाद पौडेल, गायत्री थापा र डा. केशव प्रसाद आचार्य १७ औं वार्षिक साधारणसभाबाट सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको छ । तुक प्रसाद पौडेल र गायत्री थापा भने पुःननिर्वाचित हुनुभएको हो ।

आर्थिक बर्ष २०७७/७८ मा रु. २.३२ अर्ब खुद मुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति रु. १६०.७५ अर्ब, कुल निक्षेप रु. १३०.८८ अर्ब तथा खुद कर्जा सापटी रु १२३.१७ अर्ब रहेको छ । आर्थिक वर्ष २०७६/७७ को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमश १८.८८, ३१.४५ र २७.२६ प्रतिशतले बृद्धि गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्