पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेविसंघ, तत्तकाल खारेजी गर्न माग

काठमाडौं, कातिक १४ । सत्तारुढ दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गरेको छ। संघले आइतबार विज्ञप्ति निकालेर मूल्य वृद्धिको निर्णय खारेजीको माग गरेको हो।

नेविसंघका अध्यक्ष राजीव ढुंगानाले विज्ञप्ति निकालेर पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेका छन्। विज्ञप्तिमा मूल्यवृद्धि फिर्ता नभए कडा प्रतिवाद गर्न बाध्य हुने उल्लेख गरिएको छ।

‘कोभिड– १९ का कारण लामो समयदेखि अप्ठ्यारो भोगिरहेका नेपाली जनताको ढाड सेक्ने गरी कोही कसैबाट पनि भएका निर्णय हामीलाई मान्य हुने छैन। यो समय भनेको प्रतिकूलतामा बसिरहेका नेपाली जनतालाई राहत महसुस हुने गरी कार्य गर्ने समय हो,’ विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्