पाँच दलीय गठबन्धन आउँदो निर्वाचनसम्म रहन्छ: गृहमन्त्री खाँण

काठमाडौं, कातिक १४ । गृहमन्त्री बालकृष्ण खाँणले पाँच दलीय गठबन्धन आउँदो निर्वाचनसम्म कायम रहने बताएका छन् ।रुपन्देहीमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै कार्यबाहक प्रधानमन्त्री समेत रहेका खाँणले यस्तोताएका हुन् ।

संविधानको रक्षा र जनविश्वासलाई मजबुत बनाउन नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको सत्ता गठबन्धन आम निर्वाचनसम्म कायम रहने उनको भनाइ छ ।

खाँणले भने, ‘संविधानको रक्षा, जनताको चाहना र विश्वासलाई अझ मजबुत बनाउन आउँदो आम चुनावसम्म सत्ता गठबन्धन कायम रहन्छ ।’ यता एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने केहिदिन अघि आफुले चाहे यो सरकार ढाल्न सक्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्