प्रदेश–१ मा पनि अब चाँडै एमाले बाहिरिन्छ, हाम्रो नेतृत्वको सरकार आउँछ : माधव नेपाल
मोरङ, १३ कात्तिक । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान गठबन्धन काँचो धागोले बाँधेको नभएकाले गठबन्धन मजबुत भएको बताएका छन् ।
विराटनगर विमानस्थलमा आज (शनिबार) बिहान सञ्चारकर्मीसँग संक्षिप्त कुराकानीको क्रममा उनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई महाअभियोग लगाउने विषयमा कुनै छलफल नभएको बताए । उनले प्रदेश–१ मा छिट्टै मुख्यमन्त्री भीम आचार्यको बहिगर्मन हुने जनाए ।
प्रदेश–१ का नेकपा एकीकृत समाजवादी पार्टीका संसदीय दलका नेता राजेन्द्रकुमार राईको नेतृत्वमा सरकार बन्ने भनाइ राख्दै उनले अघिल्लो सरकारले सङ्घीयता, राष्ट्रियता र लोकतन्त्रलाई कमजोर बनाउने काम गरेको आरोप लगाए । उनले आफ्नो पार्टीमा मेचीदेखि महाकालीसम्म जनलहर देखिएको बताए । रासस















प्रतिक्रिया दिनुहोस्