प्रधानन्यायाधीश विवाद बारे प्रचण्ड भन्छन्- समस्या समाधान हुने गरी गठबन्धनले साझा धारणा बनाउँछ

काठमाडौं, कातिक १३ । नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा सम्बन्धमा साझा निर्णय बनाउने बताएका छन् । आज जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग उनले गठनबन्धनका नेताहरुको बैठक बसेर साझा धारणा तय गर्ने बताए ।

‘गठबन्धनका नेताहरु अहिले को कहाँ को कहाँ भएकाले केही ढिलो भएको हो । हामी केही दिनमै बैठक बसेर साझा धारणा बनाउने छौं’, उनले भने, ‘समाधान दिने गरी साझा धारणा बनाउने हाम्रो तयारी छ ।’

सर्वोच्च अदालतका न्यायाधीशहरुसँगै नेपाल बार एशोसियसन तथा विभिन्न क्षेत्रका व्यक्तिहरुले प्रधानन्यायाधीशले राजीनामा दिनु पर्ने माग गर्दै आएका छन् । यता प्रधानन्यायाधीशले भने आफू संवैधानिक प्रक्रियाबाट आएकाले संवैधानिक प्रक्रियाबाटै जाने बताउँदै आएका छन् ।

प्रधानन्यायाधीशका बारेमा राजनीतिक दलहरुको स्पष्ट आधिकारिक धारणा नआएको भन्दै आलोचना हुँदै आएको छ । प्रतिपक्षी दलले संविधानको मर्म र भावना विपरित अनावश्यक रुपमा संसद अवरुद्ध गरेकाले अब अध्यादेशबाट भए पनि महत्वपूर्ण विषयमा विद्येयकहरु ल्याउने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्