करेन्ट लागेर डोटीमा एक महिलाको मृत्यु, एक घाइते
काठमाडौं , कार्तिक १३ । डोटीको शिखर नगरपालिका-९ मा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ।
मोबाइल चार्ज गर्ने क्रममा शिखर नगरपालिका-९ मल्लिसाँझकी ३० वर्षीया राधिका रोस्याराको करेन्ट लागेर ज्यान गएको हो।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक एवं सहप्रवक्ता रवीन्द्र चन्दका अनुसार शिखर नगरपालिका–११ बारपाटामा २० वर्षका शिशिर साउद घाइते भएका छन्। घाइते साउदको राजपुरमा उपचार भइरहेको छ।
प्रतिक्रिया दिनुहोस्