प्रधानन्यायाधीशलाई राजीनामा दिन बारको पाँच दिनको अल्टिमेटम, आइतबारदेखि कालोपट्टी बाँधेर विरोध गर्ने
काठमाडौं , कातिक १२ । आज बसेको नेपाल बार एशोसियसनको बैठकले सर्वोच्च अदालतमा प्रधानन्यायाधीशको इजलास बहिष्कार गर्ने निर्णय गरेको छ ।
त्यस्तै बैठकले न्यायाधीशहरुलाई इजलासमा बस्न आग्रह गर्ने र न्यायाधीशहरुको इजलासमा बहसमा भाग लिने निर्णय पनि गरेको छ । बारले पहिलो चरणमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध भद्र विरोधको कार्यक्रमबाट सुरु गर्न लागिएको बताएको छ ।
बारका केन्द्रीय सदस्य प्रकाश महर्जनकाअनुसार आजको बैठकले प्रधानन्यायाधीशलाई अरु इजलास नतोक्न पनि आग्रह गरेको छ ।
त्यस्तै तिहारअघिका चार दिन कालोपट्टी बाँधेर विरोध जनाउने, हरेक दिन एक घण्टा कोण सभा गरेर विरोध जनाउने निर्णय पनि आजको बैठकले गरेको छ । दोस्रो चरणका कार्यक्रम भने तिहारपछि बैठक गरेर सार्वजनिक गरिने महर्जनले जानकारी दिए । बारले राणाले राजीनामा नदिउन्जेल आन्दोलन जारी राख्ने पनि भनेको छ ।
यस्तै नेपाल बार एशोसियसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई बुधबारभित्रमा राजीनामा नदिए कडा आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्