प्रधानसेनापति र स्विट्जरल्याण्डका राजदूतबीच भेटवार्ता
काठमाडौँ , कातिक १२ । प्रधानसेनापति प्रभुराम शर्मा र मित्रराष्ट्र स्विट्जरल्याण्डका राजदूत एलिसाबेथ भोन कापेलेर ओसवाल्डबीच जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ ।
प्रधानसेनापति शर्माको कार्यकक्षमा भएको उक्त भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।
यस किसिमको भेटवार्ताले दुई देशबीचको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।















प्रतिक्रिया दिनुहोस्