सिके राउतका कार्यकर्ताले प्रधानाध्यापकलाई मोसो दल्दै चप्पलले कुटे

काठमाडौं , कात्तिक १२ । सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले धनुषामा एक प्रधानाध्यापकमाथि दुर्व्यवहार गरेका छन् । धनुषाको सवैला नगरपालिकास्थित फकिर चन्द उच्च माध्यमिक विद्यालय बरकुर्वा, रघुनाथपुरका प्रधानाध्यापकलाई जनमत पार्टीका कार्यकताले मोसो दल्दै चप्पलले कुटेका हुन् ।

विभिन्न मागसहित पछिल्लो चार दिनदेखि आन्दोलित विद्यार्थीहरुको माग सुनुवाई नगरेको भन्दै जनमत पार्टीका कार्यकर्ताले उनीमाथि शुक्रबार कुटपिट गरेका हुन् ।

नियमित पठन–पाठन हुनुपर्ने, शिक्षकको व्यवस्थापन हुनुपर्ने, विभिन्न शुल्कको नाममा लिइएको रकमको बील विद्यार्थीहरुले पाउनु पर्ने, कक्षा ११ र १२ का विद्यार्थीहरुले पुस्तक पाउनु पर्ने, विद्यालयका नाममा आएका सामाग्रीहरु विद्यालयमा राख्नु पर्ने, विद्यालय सुधारका लागि सरोकारबालाहरुको बृहत भेला गरी अन्य विषयहरुमा निर्णय लिनु पर्ने लगायतका माग गरेका छन् ।

यसअघि सिके राउतका कार्यकर्ताले खानेपानी तथा ढल निकासका हाकिम राजेश्वर कुशवाहालाई माटो दलेर कुटपिट गर्दै बजार घुमाएका थिए । त्यसपछि सिके राउतविरुद्ध आन्दोलन हुँदै आएको छ । साथै व्यापक राउतको व्यापक आलोचनात्मक टिप्पणी हुँदै विरोध भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्