नेपालको यात्रा समूहचरणमै टुङ्गियो, ताजाकिस्तानसँग ६–० ले पराजित
काठमाडौँ , १२ कात्तिक । आयोजक ताजाकिस्तानसँग ६–० ले पराजित भएसँगै नेपालको एएफसी यु–२३ एसियन कप छनोट यात्रा समूह चरणमा सीमित बनेको छ ।
समूह ‘बी’ अन्तर्गतको खेलमा बिहीबार नेपाल आयोजक ताजिकिस्तानसँग ६–० ले पराजित भएसँगै नेपालको अघिल्लो चरणको यात्रा समाप्त भएको हो ।
खेलको सुरुआतबाट ताजिकिस्तानको दबाबमा खेलेको नेपालले पहिलो हाफमा ३ र दोस्रो हाफमा थप ३ गोल खाएको थियो । समूह ‘बी’ मा लगातार दोस्रो हारपछि नेपालको छनोट चरण पार गर्ने लक्ष्यमा पूर्णविराम लागेको हो । यता नेपालमाथिको जितपछि ताजिकिस्तानले भने शीर्ष स्थानमा बस्दै आगामी वर्ष उज्वेकिस्तानमा आयोजना हुने एएफसी यु–२३ एसियन कपमा छनोट हुने सम्भावना प्रबल बनाएको छ ।
दुई खेलमा ६ अंक जोडेको ताजिकिस्तान शीर्ष स्थानमा छ भने समान खेलमा समान ६ अंक जोडेको इरान गोल अन्तरमा पछि पर्र्र्दै दोस्रो स्थानमा छ । नेपाल र लेबनान लगातार दोस्रो खेलमा निराश बने ।
यसअघि सोमबार भएको पहिलो खेलमा नेपालले इरानलाई ४–० को नतिजा सुम्पिएको थियो भने लेबनानले ताजिकिस्तानलाई १–० को नतिजा सुम्पिएको थियो । बिहीबार भएको पहिलो खेलमा इरानले लेबनानलाई २–० ले हराएको थियो । ११ समूह रहेको छनोट चरणबाट प्रत्येक समूहको समूह विजेता र चार उत्कृष्ट उपविजेता सन् २०२२ मा उज्वेकिस्तानमा हुने एएफसी यु २३ एसिया कपका लागि छनोट हुनेछन् । नेपालले अन्तिम खेलमा आइतबार लेबनानको सामना गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्