नेपाली शान्ति सैनिकहरुको मेडल परेड सम्पन्न (हेर्नुहोस् तस्बिरमा )
काठमाडौ , कातिक ११ । नेपाली शान्ति सैनिकहरुको मेडल परेड समारोह सम्पन्न भएको छ । परेड समारोह सम्पन्न भएको नेपाली सेनाले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।
विज्ञप्ति
नेपाली शान्ति सैनिकहरुको मेडल परेड सम्पन्न
संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यको लागि UNSMIL लिवियामा तैनाथ श्री स्पेशल गार्ड युनिट (शा.से.) तेश्रो डफ्फामा सहभागी भएका नेपाली शान्ति सैनिकहरुको मेडल परेड समारोह मिति २०७८।०७।०९ गते (तदनुसार 26 October, 2021) UNSMIL का प्रमुख एवं UN Special Envoy of the Secretary General to Libya, Mr. Jan Kubis (जान कुबिस) को प्रमुख आतिथ्यतामा विभिन्न कार्यक्रम आयोजना गरी सम्पन्न भएको व्यहोरा जानकारी गराइन्छ ।
. UNSMIL मिशनका उच्चपदस्थ अधिकारीहरु, UNSMIL हे.क्वा.मा कार्यरत Section Heads, Heads of UN Agencies तथा अन्य स्टाफहरुको उपस्थिती रहेको उक्त समारोहमा प्रमुख अतिथिले आफ्नो सम्बोधनमा नेपाली शान्ति सैनिकहरुले विश्वका द्वन्दग्रस्त मुलुकहरुमा शान्ति स्थापनार्थ गरेको योगदानको कदर गर्नुको साथै नेपाली शान्ति सैनिकहरुको व्यवसायीक क्षमताको समेत खुलेर प्रशंसा गर्नु भएको थियो ।


















प्रतिक्रिया दिनुहोस्