प्रतिनिधिसभा बैठक : आज पनि एमाले सांसदहरुको अवरोध र नाराबाजी

काठमाडौं, कातिक ११ ।  बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा पनि प्रमुख प्रतिपक्षी नेकपा एमाले अवरोध गरेको छ।

सभामुख अग्निप्रसाद सापकोटाले दिउँसो सवा २ बजे बैठक सुरु गर्नेबित्तिकै एमाले सांसदहरु आ-आफ्नो आसनबाट उठेर वेल अगाडि नाराबाजी गर्न पुगेका हुन्।

उनीहरुले संसदीय मर्यादा कायम गर्, पक्षपातपूर्ण व्यवहार मुर्दावाद, संवैधानिक सर्वोच्चता कायम गर, पार्टी फुटाउने षड्यन्त्र मुर्दावाद, कालोधन वैधानिक बनाउन पाइँदैन, गैर सांसदलाई निषेध गर जस्ता नारा लगाइरहेका छन्।

सभामुखले बैठक अगाडि बढाउन आग्रह गरिरहँदा पनि एमाले सांसदहरुको नाराबाजी रोकिएको छैन।

बिहीबार बसेको बैठकको कार्यसूचीका रुपमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन आव २०७७/७८’ पेस गर्ने कार्यक्रम छ।

प्रतिक्रिया दिनुहोस्