एमाले पालिका अधिवेशन : लुम्बिनीको कुन पालिकामा कसको नेतृत्व ?(सूची)

काठमाडौँ , ११ कात्तिक । मंगलबारदेखि सुरु भएको नेकपा एमालेको पालिका अधिवेशन लुम्बिनी प्रदेशका अधिकांश स्थानमा बुधबार राति मात्र टुंगिएको छ । यहाँ १०९ पालिकामध्ये धेरैमा नयाँ नेतृत्व चयन भएका छन् । अधिकांश जिल्लामा सर्वसम्मत नेतृत्व चयन भए पनि केही पालिकामा भने निर्वाचन भएको थियो।

लामो सहमतिको प्रयास गरिए पनि नेतृत्वमा आकाङ्क्षीले दाबी नछाडेपछि रुपन्देहीको सिद्धार्थ नगरपालिका मतदान भएको छ । यस्तै नवलपरासी जिल्लाको सुनवल र बर्दघाट नगरपालिका मतदानबाट नेतृत्व छान्नु परेको हो । रुपन्देहीको सिद्धार्थनगरमा दुईवटा प्यानल भएर चुनावी मैदान गएका थिए । अध्यक्षमा थानेश्वर पौडेल र युवा नेता चक्र बहादुर थापा चुनावी मैदानमा उत्रेका थिए ।

रुपन्देहीमा उपमहासचिव विष्णु पौडेल र घनश्याम भुसाल पक्षका नेताले दाबी नछोड्दा चुनाव भएको बताइएको छ । त्यहाँ विष्णु पौडेल पक्षका चक्रबहादुर थापाको समूहले घनश्याम भुसालनिकट उम्मेदवारहरूलाई पराजित गरेका छन् । घनश्याम स्वकीय सचिवले समेत हार बेहोरेका छन् । रुपन्देहीमा अन्य नगरपालिकामा भने सर्वसम्मत रूपमा नेतृत्व चयन भएको छ । बुटवल सहित अधिकांश मंगलबार चयन भए पनि तिलोत्तमा , देवदह भने बुधवार साँझ सर्वसम्मत नेतृत्व चयन भएको हो । अझै रुपन्देहीको सियारी गाउँपालिकामा पनि सहमतिको प्रयास जारी छ।

प्रतिक्रिया दिनुहोस्