एकीकृत समाजवादीले पायो चुनाव चिह्न कलम

काठमाडौं , कातिक १० ।  नेकपा (एकीकृत समाजवादी) ले चुनाव चिह्न कलम पाएको छ ।

आयोगले नेकपा एकीकृत समाजवादी र नेकपा एकीकृतबीचको एकतालाई मान्यता दिएर कलम चिन्ह प्रदान गरेको हो ।

माधवकुमार नेपाल नेतृत्वको पार्टीमा एकीकृत समाजवादीमा जीवन राई नेतृत्वको नेकपा एकीकृत समाहित भएको थियो । एकताअघि राई नेतृत्वको पार्टीको चिह्न कलम रहेको थियो ।

आयोगले मंगलबार कलम चिह्न प्रदान गर्ने निर्णय गरेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्