प्रधानन्यायाधीशको एकल इजलास बस्यो, पाँच मुद्दामा सुनुवाइ

काठमाडौं, कातिक १० । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आफ्नो इजलासमा तोकेका मुद्दामा आदेश गरेका छन्।

बुधबारका लागि प्रधानन्यायाधीश राणाले आफ्नो एकलसहित ११ वटा इजलास तोकेका थिए। उनी बाहेकका न्यायाधीशको इजलास वुधबारपनि बस्न सकेन।

जबराले आफूलाई तोकेका ५ वटै मुद्दामा आदेश गरेर शून्य सुनुवाइ रोकेका छन्। दुई दिनपछि आज सर्वोच्चमा मुद्दामा सुनुवाइ भएको हो। अदालतको अवहेलना, सम्पत्ति शुद्धिकरण,
बन्दीप्रत्यक्षीकरणको २ वटा मुद्दा र एउटा कालोवजार तथा अन्य केही सामाजिक अपराध सम्वन्धी कसुरसम्बन्धी मुद्दामा जबराले आफ्नो पेसी तोकेका थिए।

जबराले पहिलो मुद्दा तामेलीमा पठाउने आदेश गरेका छन्। स्रो निवेदन फिर्ता गर्ने, तेस्रो र चौथोमा कारण देखाउ आदेश र पाँचौमा कैफियत प्रतिवेदन माग गर्ने आदेश भएको छ।

यता सर्वोच्च अदालतमा सुरक्षा बढाइएको छ । अदालत परिसरमा हिजोभन्दा बढी प्रहरी परिचालन गरिएको छ भने प्रवेशमा पनि कडाइ गरिएको छ ।प्रवेश पास भएकाहरुलाई पनि ‘केरकार’ गरिएको छ ।

न्यायाधीश, नेपाललगायतले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मार्ग प्रशस्त गर्नुपर्ने धारणा राख्दै आएका छन् ।

तर प्रधानन्यायाधीशले राजीनामा नदिने अडान राख्दै बुधबार पनि सर्वोच्चमा सुनुवाइ जारी राखे । सर्वोच्चका बाँकी न्यायाधीश भने इजलासमा प्रवेश गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्