प्रधानन्यायाधीशबारे हामीलाई चिन्ता छ : नेता पौडेल
काठमाडौँ , कातिक ९ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानन्यायाधीशबारे आफूहरुलाई चिन्ता रहेको बताएका छन् ।
मंगलबार सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा सञ्चारकर्मीहरूसँग बोल्दै नेता पौडेलले यस्तो बताएका हुन् । उनले न्यायलयमा बनेको असहज परिस्थिती चिन्ताजनक भएको पनि उल्लेख गरे ।
न्यायलयमा बनेको असहज परस्थिती चिन्ताजनक भएको बताउँदै आफूहरुले राजनीतिक हस्तक्षेप गर्न नचाहेको उनको भनाइ रहेको थियो ।
प्रधानन्यायाधीशको बारेमा आफुहरुलाई चिन्ता रहेको र न्यायलयमा जुन किसिमको असहज परिस्थिती बनेको छ त्यो न्यायलयको आन्तरिक मामिला रहेको पौडेलले बताए ।















प्रतिक्रिया दिनुहोस्