कानुन व्यवसायीले पनि भने – प्रधानन्यायाधीशले राजीनामा दिनुपर्छ
काठमाडौं, कातिक ९ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा पछिल्लो समय विवादमा तानिएका छन्। उनी विवादमा तानिएसँगै पदबाट राजिनामा दिनु पर्ने दबाब पनि बढेको छ ।
सर्वोच्च अदालतकै १५ न्यायाधीश, नेपाल बार एसोसिएसन, सर्वोच्च अदालत बार एसोसिएन र पूर्वप्रधानन्यायाधीशहरुले राणाले राजीनामा दिन सुझाएका छन्।
यता, कानुन व्यवसायीहरुले पनि राणाले न्यायालयलाई बढी क्षति हुन नदिनका लागि राजीनामा दिनुपर्ने बताएका छन्।
मंगलबार नेपाल पत्रकार महासंघले समसामयिक विषयमा आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै उाीहरुले यस्तो बताएका हुन् । संविधानविद् भीमार्जुन आचार्यले प्रधानन्यायाधीश जबरालाई सुध्रिनका लागि पटक पटक मौका दिँदा पनि नसुध्रिएको टिप्पणी गरे।
न्यायालयमा हुने क्षति नियन्त्रणका लागि प्रधानन्यायाधीशले मार्ग प्रशस्त गर्नुपर्ने उनको भनाइ छ। न्यायालयमा अहिलेको जस्तो विकृति, भ्रष्टाचार र अनियमितता यसअघि कहिल्यै नभएको आचार्यले टिप्पणी गरे।
प्रधानन्यायाधीशले न्यायालयमा गुटबन्दी गर्ने, स्वार्थका मुद्दा आफैंले हेर्ने लगायतका काम गरेको उनको भनाइ छ। तर यता राणाले अहिलेकै अवस्थामा राजीनामा नदिने बताउँदै आएका छन् ।















प्रतिक्रिया दिनुहोस्