इजलास र सर्वोच्चको पूर्ण बैठक बहिस्कार गरेका १३ न्यायाधीशले प्रधानन्यायाधीशलाई भेट्दै
काठमाडौँ , ९ कात्तिक । सर्वोच्च अदालतको पूर्ण बैठक बहिस्कार गरेका १३ जना न्यायाधीशले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई भेट्दैछन् ।
अदालतभित्र देखिएका विचलनमा प्रधानन्यायाधीश राणा प्रमुख कारण रहेको भन्दै असन्तुष्ट बनेका न्यायाधीशहरूले अहिले साढे ११ बजेपछि प्रधानन्यायाधीश राणालाई भेट्ने कार्यसूची रहेको छ ।
न्यायालयमा प्रधानन्यायाधीशका कारण बेथिति बढेको तथा कार्यपालिकामा समेत प्रधानन्यायाधीश जबराले भाग खोजेको भन्दै असन्तुष्टि जनाएका १३ न्यायाधीशले सोमबारको पूर्ण बैठक बहिष्कार गरेका थिए । अदालतभित्रको लफडाका कारण सोमबार प्रधानन्यायाधीश जबराले तोकेको इजलास समेत बस्न सकेको थिएन । सोही विषयलाई लिएर न्यायाधीशहरू र प्रधानन्यायाधीशबीच छलफल हुन लागेको बुझिएको छ ।
सत्ता गठबन्धनमा भाग खोजेको भन्दै चर्को आलोचना खेप्दै आएका प्रधानन्यायाधीश जबरामाथि राजीनामाको चर्को दबाब छ । पूर्वन्यायाधीश फोरम, चार पूर्वप्रधानन्यायाधीश, सर्वोच्च बार एसोसिएसन लगायतले जबरालाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न सुझाव दिदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्